काठमाडौं। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी असार मसान्तभित्र कमला नदीको पुल र हुलाकी राजमार्गको काम पूरा गर्न मन्त्री महासेठले निर्देशन दिएका छन्।
आइतबार सिराहा र धनुषा जोड्ने कमला नदीको पुल निरीक्षणका क्रममा मन्त्री महासेठले यस्तो निर्देशन दिएका हुन्।
उनले असार मसान्तसम्म काम पूरा नभए सडक विभागले कुनै पनि कदम चाल्ने चेतावनी समेत दिए।
मन्त्री महासेठले सरकारले निर्माणाधीन योजना पहिलो चरणमा सम्पन्न गर्ने नयाँ प्रकारको सोचसहित सरकार अघि बढिरहेको जानकारी गराए।
उनले पुल, सडकलगायतका निर्माणाधीन आयोजना पहिलो चरणमा सम्पन्न गरेपछि मात्रै नयाँ योजना अघि सार्ने रणनीतिसहित आफूहरू अघि बढेको बताए।