काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले राष्ट्रिय राजमार्गको सीमा निर्धारण गर्न माग गरेका छन्। प्रतिनिधि सभा सदस्य समेत रहेका साहले सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय राजमार्गको सीमा निर्धारणका सन्दर्भमा ख्याल गर्नुपर्ने बताएका हुन्।
हाल मुलुकमा बनिरहेका राष्ट्रिय राजमार्ग र तिनको सीमाका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले जवाफ दिनुपर्ने उनको माग छ ।
पहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्गको १२ मिटर चौडाइ गरिएको भन्दै उनले जिल्लास्तरका सडकहरु ६ लेनका हुने राष्ट्रिय राजमार्ग दुई लेनका हुने कुराले के सन्देश दिन खोजेको भन्दै प्रश्न समेत गरेका छन्।