म्याग्दी। विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडक निर्माण सुरु भएको छ। अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा गाउँ पुग्ने सडकको निर्माण सुरु भएको हो ।
म्याग्दीको ६ वटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एक मात्र वडा हो । लुलाङदेखि गुर्जा जोड्ने सडक निर्माण आयोजना सुरु भएको धवलागिरि गाउँपालिकाले जनाएको छ।
चालू आर्थिक वर्षमा सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले २।२ करोड रुपैयाँ बजेट विनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्स्ट्रक्सनले ३ करोड ८० लाखमा ठेक्का सम्झौता गरेको छ । तीनै तहको बजेट गाउँपालिकाले कार्यान्वयन गरेको धवलागिरि गाउँपालिकाले जनाएको छ।