म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ। लामो छहरा केङ्कीबाट खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको हो।
निर्माण पूरा भएको सडकमा मोटरसाइकल, जिप र ट्रयाक्टर चल्न थालेका छन् । खिवाङगाउँ सडक सञ्जालमा जोडिसँगै यहाँका एक सय ८० घर लाभान्वित समेत बनेका छन्।
धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँमा सडक निर्माण भएको हो। पैसठ्ठी मेगावाट क्षमताको म्याग्दीखोला, ५३ मेगावाटको अपर म्याग्दी (१) र ३७ मेगावाटको अपर म्याग्दीखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीको संयुक्त लगानीमा खिवाङलाई सडक सञ्जालले जोडिएको गाउँपालिकाले जनाएको छ ।