बेत्रावती। सडक निर्माण समयमा नसक्दा घरभित्र वर्षातको भेल पसेको छ। उत्तरगया गाउँपालिका–५ बेत्रावतीमा नालीको व्यवस्थापन राम्रो नहुँदा वर्षातको भेल एक घरभित्र पसेको हो।
रसुवा, गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेसी रसुवागढी सडक आयोजनाको काम समयमा यस्तो समस्या भएको स्थानीयले बताएका छन्। अत्यधिक वर्षाका कारण वाल भत्किएपछि घर भित्र पानी पस्दा करिब १३ लाख बराबरको क्षति भएको छ । स्थानीय रञ्जना थापाको घरमा पानी पस्दा क्षति भएको हो ।
वर्षाले पासाङल्हामु मार्गको नाली हुँदै आएको भेल एकत्रित भएर स्थानीय रञ्जना थापाको कम्पाउण्डको पर्खाल भत्किएको छ भने लगाएको ग्याभिन तार समेत बगाएको र खानेपानी तथा आगन समेत पुरिँदा करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेसी रसुवागढी सडक निर्माण भइरहेको र सो क्षेत्रमा सडकको काम समयमै सम्पन्न नगरिदिँदा स्थानीयले क्षति भोग्नु परेको थापाले बताइन् ।
गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेसि रसुवागढी सडक आयोजना र ठेकेदारको लापरबाहीले गर्दा पानी जाने नाली व्यवस्थापन हुन नसक्दा यस्तो क्षति व्यहोर्नुपर्ने देखिएको र सम्बन्धित निकायले ध्यान पुराउनु पर्ने शिक्षिका रञ्जना थापाको भनाई छ ।
यस्तो क्षति जो कोहिको हुन सक्छ र यस घटनाले स्थानीयमा एक प्रकारको त्रास उत्पन्न हुने र भइरहेको स्थानीय युवा गणेश श्रेष्ठ ले बताए।