रामेछाप। मन्थली विमानस्थलमा चेकजाँचका लागि एक्स–रे मेसिन राखिएको छ। मन्थली विमानस्थलबाट सोलुको लुक्ला जाने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएपछि चेकजाँचका लागि एक्स–रे मेसिन राखिएको हो।
नियमित चेकजाँच सहज बनाउने उद्देश्यले मन्थली विमानस्थलमा पहिलोपटक एक्स–रे मेसिन राखिएको विमानस्थल प्रशासनले जनाएको छ।
मेसिन नहुँदा जहाजमा लैजान प्रतिबन्धित गरिएका सामान ओसारपसार नहोस् भनेर हवाईजहाजबाट यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुहरुको प्रहरीले सबै झोला खोलेर चेकजाँच गर्ने गरेको थियो।
जिल्लामा मेसिन प्राप्त भएपछि झोला खोलिरहनु पर्ने झन्झट नभएको र समयको समेत बचत हुने भएको छ।