काठमाडौं। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको खाका एवम् परयोजना विकास तथा लगानीको ढाँचासम्बन्धी अध्ययन गर्न गठित समितिको म्याद थप भएको छ।
लगानी बोर्ड अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ५७औँ बैठकले समितिको म्याद आगामी २०८१ असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो।
बोर्ड बैठकले तमोर जलाशय आयोजनाको अध्ययन गर्न गठित समितिको समेत असार मसान्तसम्मकै म्याद थप गरेको छ।