नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएको छ। विदुर नगरपालिका–४ बजारबाट सिधै विदुर–६ मान्द्रेढुङ्गा हुँदै तारकेश्वर गाउँपालिका र धादिङबेँसी पुग्ने छोटो बाटोको पुलको लठ्ठा चुँडिएको हो।
पुलको लठ्ठा चुँडिएपछि उक्त बाटो भएर हुने आवागमन पूर्णरुपमा बन्द गरिएको छ।जतिसक्दो चाँडो मर्मतसम्भार गरेर पुल पुनः सञ्चालन हुने विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले प्रतिबद्धता जनाए।
गत पुस पहिलो साता पुलको लठ्ठामा समस्या देखिएपछि दुईपाङ्ग्रे सवारीसाधनलाई मात्र पुलबाट आउजाउको अनुमति दिइएको थियो। अहिले भने पुलको लठ्ठा नै चुँडिदा आवागमन पूर्णरुपमा नै बन्द गरिएको हो।
देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि यो पुल निर्माण गरिएको थियो।