फायल तस्बिर
काठमाडौं। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज पोखरा अवतरण भएको छ।
प्राविधिक समस्या देखिएपछि १० बजे उडेको जहाज काठमाडौं नपुगी पोखरामा अवतरण गरेको विमानस्थलले जनाएको छ।
जहाजमा ७६ जना यात्रु सवार थिए । जहाज बिग्रेर बनेपनि यात्रु चाहिँ उक्त जहाजमा जान नमानेका र उक्त जहाजले पोखराका यात्रु लिएर काठमाडौं उडेको एयरलाइन्सले जानकारी दिएको छ।