काठमाडौं। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त आह्वान गरिएको छ। बोर्डले शनिबार सूचना प्रकाशन गर्दै इच्छुक व्यक्तिले १२ दिनभित्र आफ्नो आवेदन बुझाउन आह्वान गरेको हो।
आवेदनका लागि ७ हजार रुपैयाँ बुझाउनुपर्ने बताइएको छ। सीईओ पदका लागि दरखास्त दिनका लागि इच्छुक व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ।
त्यस्तै, उसले स्नातकोत्तर पूरा गरेको तथा पर्यटन क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेको कम्तीमा ३५ वर्ष तथा ६० वर्ष नकाटेको व्यक्तिले आवेदन दिन सक्ने उल्लेख गरिएको छ।