काठमाडौं। ठमेल र दरबारमार्ग २४सै घण्टा खोल्ने तयारी भइरहेको छ। आगामी १ वैशाखदेखि ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न लागिएको हो।
यी क्षेत्रलाई चौबिसै घण्टा खुला राख्ने तयारीका लागि शुक्रबार गृहमन्त्रालयमा पूर्ण समय व्यवसाय सञ्चालन सम्बन्धी सरोकारवालाहरूसँग ‘समन्वय तथा अन्तक्रिया कार्यक्रम’ गरिएको थियो ।
चौबिसै घण्टा व्यवसाय सञ्चालनका लागि कार्यविधि समेत बनाएर कार्यक्रममा प्रस्तुत गरिएको थियो । जसमा मदिरा सेवन गरेका सेवाग्राहीहरुले आग्रह गरेमा व्यवसायीहरूले घरसम्म पुर्याइदिनुपर्ने सम्मको विषयहरु उल्लेख गरिएको छ।
मदिरा सेवनबाट अचेत भएकालाई व्यवसायीहरूले घरसम्म पुर्याइदिनुपर्ने, ध्वनि प्रदूषणरहित तरिकाले डान्स, डिस्को, दोहारी, क्लबहरू सञ्चालन गर्नुपर्नेसम्म कार्यविधिमा उल्लेख गरिएको छ ।