कैलाली। धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न सुरु गरिएको छ। धनगढी–खुटिया–बिपीनगर–दिपायल सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न सुरु गरिएको हो ।
सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड बजेट विनियोजन गरेको छ। बजेट विनियोजन भएसँगै कालोपत्रको काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयले जनाएको छ । उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको आयोजनाले जनाएको छ।