किमाथाङ्का। किमाथाङ्का–खाँदबारी सडकको साढे ६ किलोमिटर मार्ग (ट्रयाक) खोलिएको छ। किमाथाङ्का–खाँदबारी सडकको ट्रयाक नेपाली सेनाले खोलेको हो।
भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको करिब साढे १० किलोमिटर ट्रयाक सेनाले खोलिरहेको छ। कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक भएको भन्दै २०७६ भदौ २२ गते मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो।
खाँदबारी–किमाथाङ्का १६२ किलोमिटरमध्ये करिब साढे १० किलोमिटर ट्रयाक खोल्ने जिम्मा सेनाले पाएको थियो। हालसम्म सेनाले साढे ६ किलोमिटरसम्म मात्र ट्रयाक खोलेको हो। अरु साढे ३ किलोमिटर सडकको स्तरोन्नतिसमेत गरिसकेको छ।