भोजपुर। कावाखोलाको पक्की पुलको पुनःनिर्माण सुरु गरिएको छ। निर्माणको अन्तिम चरणमा भाँचिएको उक्त पुलको निर्माण सुरु गरिएको हो।
हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने कावाखोला पुलको पुनःनिर्माण गत महिना थालिएको थियो। हालसम्म निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको इटहरीस्थित स्थानीय सडक पुल कार्यान्वयन एकाइले जनाएको छ।
सो पुलको ९० प्रतिशत काम सम्पन्न भएपछि २०७८ मङ्सिरमा भाँचिएको थियो । भाँचिएपछि पुलको स्वरुप परिवर्तन गरेर पुनःनिर्माण थालिएको प्रादेशिक स्थानीय सडक पुल सहयोग एकाइ कोशी प्रदेशले जनाएको छ।
मूल्य अभिवृद्धि कर (भ्याट) सहित ४ करोड ६२ लाख ७४ हजार ९ सय १० को लागतमा पुल बन्न लागेको हो ।