काठमाडौं। नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत चैत्र २९ गतेबाट अभियान शुरु गर्ने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सञ्जय देउजाले चैत्र २९ गते टोली प्रमुखलाई प्रधानसेनापति प्रभुराम शर्माले ब्यानरसहित सामान हस्तान्तरण गरी शुरु हुने बताउए । उनले अभियान वि.सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने बताए।