दोलखा। चरिकोटबाट कालिञ्चोक जाने चरिकोट–देउराली सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ । कालोपत्रको अन्तिम चरणमा पुगेको उक्त सडक आउँदो बैशाखसम्म सम्पन्न हुने भएको हो।
सडकको पर्खाल, नाली, कल्भर्टलगायतका पूर्वाधार निर्माण गरी अहिले कालोपत्रको काम अन्तिममा पुगेको र केही दिनमा सम्पन्न हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ। ९८ प्रतिशत भौतिक प्रगति भइसकेको छ।
सडक कालोपत्र गरिसकेपछि रङरोगन, ट्राफिक चिन्ह राख्ने काम हुने कार्यालयले जनाएको छ । मौसमले साथ दिएमा एक साताभित्र कालोपत्र पूरा गरी वैशाखभित्र सम्पूर्ण काम सकिने भएको हो।
उक्त सडक निर्माणको जिम्मा जय धनन्जय/गणेश, कुण्ड/भुजेल जेभी ओखलढुङ्गाले लिएको हो।