पर्वत। पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङस्थित लुप्राङ खानेपानी सुविधा पुर्याइएको छ। लुप्राङमा पहिलोपटक पाइपमार्फत खानेपानी पुर्याइएको हो।
लुप्राङ गाउँबाट करिब चार किलोमिटर टाढा रहेको जलजला गाउँपालिका–९ बनौँको लस्ती खोलाबाट पाइप बिछ्याएर पानी ल्याइएको हो।
पाइपमार्फत ल्याइएको पानी अब एक लाख लिटर क्षमताको ‘रिजर्भ ट्याङ्की’ मा खसालेर टोलटोलमा वितरण गर्ने योजना रहेको बताइएको छ। एक करोडभन्दा बढीको लगानीमा उक्त योजना सम्पन्न हुन लागेको हो ।