दाङ। लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले पदबाट राजीनामा दिएका छन्। केसीले सोमबार मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा पत्र बुझाएका हुन्।
मुख्यमन्त्री अध्यक्ष रहने आयोगको उपाध्यक्षमा डा.केसीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षता बसेको २०८० वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो । सरकार परिवर्तन भएसँगै उनी आयोगबाट बाहिरिएका हुन् ।
उनीसँगै आयोगका सदस्यहरु डा.सुरजकुमार वली, सरोज खनाल र गीता केसीले पनि राजीनामा दिएका छन्।