काठमाडौं। कागबेनी मन्दिर परिसरमा प्रभु बैंकको ‘क्यूआर’ स्ट्याण्ड उपलब्ध गराएको छ। बैंकले भक्तजनहरुको सहजीकरणका तथा सुबिधाका लागि ‘कागबेनी मन्दिर श्रद्दास्थल व्यबस्थापन समिति’लाई बिच ‘क्यूआर’ स्ट्याण्ड उपलब्ध गराएको हो
यसले धार्मिकस्थल कागबेनीमा आउने भक्तजनका लागि सहज हुने बैंकले जनाएको छ। बडादसै र चैतेदसैं अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट भक्तजनहरुको आउने गरेका छन् । यस्तै अन्य पर्यटकहरु समेत उक्त क्षेत्रमा आउने गरेका छन् ।