कास्की। नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा बाबुराम पाण्डे निर्वाचित भएका छन्। संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो।
संघका प्रथम उपाध्यक्षमा दुर्गादत्त दाहाल, द्धितीय उपाध्यक्षमा दीपेन्द्र ढकाल, महासचिवमा सुरेश दाहाल, सचिवमा प्रकाशकुमार श्रेष्ठ र कोषाध्यक्षमा रवीप्रसाद आचार्य चयन भएका छन् ।
यसैगरी कार्यसमिति सदस्यहरू भुवानीप्रसाद अधिकारी, शोभाखर तिवारी, श्याम लामिछाने, विजय पौडेल, विकास कंडेल र भीम खड्का छन्।