फाइल तस्बिर
बागलुङ। बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ नगरपालिका–१० भकुण्डेको सिमानामा बग्ने रिठेखोलामा पुल निर्माण गरिएको छ। सङ्घीय सरकारको दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण गरिएको हो।
नवनिर्मित पुल २५.८ मिटर लामो छ भने यसको चौडाइ ६।६ मिटर छ । अहिले पुललाई बाढीपहिरोबाट जोगाउन धमाधम ‘ग्याबिन वाल’ लगाइँदैछ।
पुल निर्माण भएपछि भकुण्डे हुँदै रायडाँडा पुग्न पनि सहज भएको छ ।