कञ्चनपुर। कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन पुलको काम सुरु भएको छ । निर्माण व्यवसायीले गत असोजदेखि भुक्तानी नपएपछि रोकिएको ४ लेनको पुल निर्माण कार्य सरकारले भुक्तानी दिएसँगै पुन सुरु भएको हो।
सरकारले गत वर्ष काम गरेको रकम उपलब्ध गराएपछि निर्माणको काम पुनः सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ। २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै ८.६ किलोमिटर ६ लेनको निर्माणको कामको ९०.१९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ।
उक्त निर्माणाधिन पुल ३ अर्ब ६६ करोड रुपैयाँ लागतमा बनिरहेको छ।