फाइल तस्बिर
काठमाडौं। पोखरामा नेपालकै पहिलो सावर बञ्जी सुरु हुने भएको छ। नेपालको पायोनियर एड्भेञ्चर कम्पनी हाइग्राउण्ड एड्भेञ्चर्स नेपालले नेपालमै पहिलोपटक बञ्जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइने सावर बञ्जी सुरु गर्ने भएको हो।
हेम्जामा सन्चालनमा भइरहेको बञ्जीमा करिब ५० लाख रुपैयाँ थप लगानी गरी सावर बञ्जीको अवधारणा ल्याइएको कम्पनीले जनाएको छ।
६ हजार ५ सय रुपैयाँमा फोटो, भिडियो र टिसर्टसहित बञ्जी बुक गर्न सकिनेछ । यसमा सर्टिफिकेट र लेकसाइडदेखि हेम्जासम्मको दुईतर्फी यातायातको सुविधा समेत समावेश छ ।