काठमाडौं। तनहुँको ऋषिङ गाउँपालिका–५ रुपाटारस्थित लुम्दीखोलामा पुल निर्माण सम्पन्न भएको छ। लुम्दीखोलामा ३० लाखको लागतमा पुल निर्माण सम्पन्न भएको हो।
प्रदेश सरकारको गत र चालू आर्थिक वर्षको बजेटमा तनहुँमा गत आवमा ५ वटा र चालू आवमा २ वटा मोटरेबल पुल बनेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ।
तनहुँमा ११ वटा पक्की पुल निर्माणाधीन छन् । निर्माणाधीन पुलका लागि २२ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भएकामा ३ करोड २६ लाख २१ हजार रुपैयाँ खर्च भएको छ ।