काठमाडौं। मुग्लिन–पोखरा सडक विस्तार आयोजना पश्चिम खण्डको काम हालसम्म १९ प्रतिशत पूरा भएको छ। पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले हालसम्म १९ प्रतिशत कार्यप्रगति भएको जानकारी दिएका हुन्।
वर्षाअघि कल्भर्ट र नाला निर्माण कार्यलाई प्राथमिकता दिइएको छ । यस खण्डमा दुई लेनको साढे ७ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।
पश्चिम खण्डअन्तर्गत जिल्लाको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८।८८ किलोमिटर दूरी रहेको छ । उक्त खण्डमा चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ । पश्चिम खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ ।