काठमाडौं। नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत अभियान शुरु गरेको छ । बिहीबार नेपाली सेनाको जङ्गी अड्डामा प्रधान सेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान २०२४ को ब्यानर हस्तान्तरण गरेर अभियानको शुभारम्भ गरेको हो
सो अभियान वि.सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने बताइएको छ । ब्यानर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधान सेनापति शर्माले हिमाल सफा गर्ने यस अभियानले सफलता पाउने विश्वास व्यक्त गरे।
उनले हिमाललाई धार्मिक, सांस्कृतिक एवं मानव सभ्यताको समेत विकास भएको प्रमुख अंगको रुपमा लिने गरिएको बताए। अभियानका क्रममा सगरमाथा, ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाईहरुबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको बताइएको छ।