भोजपुर। भोजपुरको कावाखोलाको पक्की पुलको पुनःनिर्माण कार्य सुरु गरिएको छ। निर्माणको अन्तिम चरणमा भाँचिएको हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने कावाखोला पुलको निर्माण सुरु गरिएको हो।
कावाखोला पुलको पुलको ९० प्रतिशत काम सम्पन्न भएपछि २०७८ मङ्सिरमा भाँचिएको थियो । भाँचिएपछि पुलको स्वरुप परिवर्तन गरेर पुनःनिर्माण थालिएको प्रादेशिक स्थानीय सडक पुल सहयोग एकाइ कोशी प्रदेशले जनाएको छ।
मूल्य अभिवृद्धि करसहित ४ करोड ६२ लाख ७४ हजार ९ सय १० को लागतमा पुल बन्न लागेको हो ।