भरतपुर। चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरिएको छ। भरतपुर–माडी–ठोरी सडकअन्तर्गत निकुञ्जभित्रको बाटो बिग्रिएपछि मर्मत गर्न सुरु गरिएको हो।
नगरपालिकाको पहलमा सडक डिभिजन भरतपुरले बाटो मर्मतको काम सुरु गरेको माडी नगरपालिकाले जनाएको छ। । रिउ पुलबाट कसरासम्म मंगलबारदेखि मर्मत सुरु भएको हो।
हुलाकी सडकखण्डअन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एकमात्र सडक हो।