काठमाडौं। मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनमा आएको छ।आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा वैशाख १ गतेदेखि मोटरबोट सुरु गरेको हो।
मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरी मोटरबोटको व्यावसायिक सञ्चालन गरेको छ। कम्पनीले जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालनमा ल्याएको हो ।
कम्पनीले थप लगानी गरी जलाशय किनारमा ’बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितका संरचना बनाउने योजना छ।
नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेका अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालनमा ल्याइएको हो ।