काठमाडौं। नगरकोटमा पाँच दिने पुल डिजाइन तालिम सम्पन्न भएको छ।
प्रारम्भिक चरणका इन्जिनियरहरुका लागि स्केफ नेपालले चैत २५ गतेदेखि सञ्चालन गरेको तालिम सम्पन्न भएको हो।
तालिमको उद्घाटन निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एडी लामा र स्केफ नेपालका अध्यक्ष इन्जिनीयर ठाकुर प्रसाद शर्मा संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा स्केफ नेपालका महासचिव तथा तालिम निर्देशक इन्जिनियर कमल कार्कीले देश विकासको लागी टेवा पुगोस् भन्ने हेतुले तालिमको आयोजना गरिएको बताए ।
यसैगरी स्थानीय सडक पुल सहयोग इकाइका नेतृत्वकर्ता तथा तालिम संयोजक वरिष्ठ इन्जिनीयर शकिल मानन्धरले तालिमको प्राविधिक पक्ष र तालिमका विविध विषयमा जानकारी दिए ।
निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एडि लामाले पाँच दिने तालिमले देशभरी पुल निर्माण गर्नका लागी सहभागी सबै प्रशिक्षार्थिहरुले आवश्यक सम्पुर्ण ज्ञान प्राप्त गरेर राम्रो पुलको डिजाईन तयार गर्न सक्षम हुने विश्वास लिएको बताए ।