काठमाडौं। नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको उपाध्यक्षमा रामप्रसाद सापकोटा नियुक्त भएका छन्। साेमबार बसेकाे पर्यटन बोर्ड कार्यकारी समितिको ३६८औं बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो।
सापकोटा सहित कार्यकारी समितिका नवनियुक्त सदस्यहरुलाई आइतबार मात्रै नेपाल पर्यटन बोर्डले औपचारिक रुपमा स्वागत गरेको थियो। गत चैत १५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल पर्यटन बोर्डको रिक्त तीन सदस्य पदमा पर्यटन सापकोटा सहित ऋषिराम भण्डारी र राजेन्द्रबहादुर लामालाई नियुक्त गरेको थियो।
बोर्ड सदस्यको नियुक्तिसँगै माघ २२ देखि रिक्त रहेको बोर्डले पूर्णता पाएको छ।