मकवानपुर। बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आयोजना बैंकबाट योजना छनोट गरी बजेट विनियोजन बताएका छन्।
मुख्यमन्त्री जम्कट्टेलले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा आयोजना बैंकमा रहेका योजना छनोट गरी बजेट विनियोजन गरिने बताएका हुन्।
आन्तरिक तयारी र व्यवस्थापनसहित आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीमार्फत सार्वजनिक गर्न, बजेट तर्जुमा गर्दा प्राप्त सिलिङभित्र प्राथमिकताका आधारमा बजेट प्रस्ताव गरिने उनले बताएका छन्।
ठूला योजनाहरु प्रदेशका गौरवका आयोजनाहरुको विस्तृत अध्ययन गरी आयोजना बैंकको सूचना प्रणालीमा प्रविष्ट गराई प्राथमिकता क्रमका आधारमा बजेट बिनियोजन गरिने उनको भनाइ छ ।