काठमाडौं। मुग्लिन–पोखरा सडक विस्तार आयोजना पश्चिम खण्डको साढे ७ किमी सडक कालोपत्र भएको छ। पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलका अनुसार हालसम्म साढे ७ किलोमिटर सडक कालोपत्र भएको हो।
यस खण्डमा हालसम्म १९ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर पौडेलले जानकारी दिए।
वर्षाअघि कल्भर्ट र नाला निर्माण कार्यलाई प्राथमिकता दिइएको छ ।
पश्चिम खण्डअन्तर्गत जिल्लाको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दूरी रहेको छ। उक्त खण्डमा चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ। पश्चिम खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ ।