बागलुङ। मध्यपहाडी पुष्पलाल लोकमार्गको समस्याग्रस्त बागलुङको बिहुँ खण्ड कालोपत्र गर्न पुनः बोलपत्र आह्वान गरिएको छ। बिहुँ खण्डको निर्माण व्यवसायीसँगको ठेक्का रद्द गरिएपछि पुनः बोलपत्र आह्वान गरिएको हो।
आगमी असारभित्रै निर्माण व्यवसायीलाई काममा ल्याउनेगरी ठेक्का खोलिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।
२ वर्षमा सक्नुपर्नेकाम पाँच पटक म्याद थाप्दा समेत काम नगर्ने निर्माण व्यवसायीसँगको सम्झौता रद्द गरेर पुनः २४ करोड रुपैयाँ लागतमा ठेक्का लगाउनका लागि निर्माण व्यवसायीसँग आह्वान गरिएको कार्यालयले जनाएको छ।
७२ प्रतिशत भौतिक प्रगति गरेको निर्माण व्यवसायीसँग ठेक्का रद्द गरी पुनःमूल्याङ्कनका आधारमा ९ महिनापछि ठेक्कामा गएको हो ।