काठमाडौं। मनकामना केबलकार शुक्रबार बन्द गरिने भएको छ । आकस्मिक मर्मत सम्भारका लागि केबलकार भोली बन्द गरिने भएको हो।
शनिबारबाट भने नियमित रूपमा सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।
चितवनको कुरिनटारदेखि गोरखाको मनकामनामा सञ्चालनमा रहेको केबलकार गत चैत ७ गते पनि नियमित मर्मतका लागि एक दिन बन्द गरिएको थियो ।