तनहुँ। तनहुँको सिउदीखोलामा पुल निर्माण भएको छ। आँबुखैरेनी गाउँपालिका–३ र ४ सिउदीखोलामा ५० लाख रुपैयाँ लागतमा पुल निर्माण भएको हो।
तनहुँमा ७ वटा पक्की पुल निर्माण पूरा भएका छन् । प्रदेश सरकारको गत र चालू आर्थिक वर्षको बजेटमा यी पक्की पुल निर्माण सम्पन्न भएका हुन् ।
तनहुँको ऋषिङ–४ र ५ जोड्ने रुपाटार जोड्ने ज्वालाखोलामा ३० लाख रुपैयाँ, घिरिङ गाउँपालिका–४ नयाँटारमा तिरम्दीखोलामा ३० लाख रुपैयाँ, घिरिङ गाउँपालिका–१ द्रुपद खोलामा ३० लाख रुपैयाँ लागतमा पुल निर्माण भएका छन्।