काठमाडौं। गण्डकी प्रदेशको गौरव आयोजना मानिएको मानपुर–डेडगाउँ–बुलिङटार सडक खण्ड कालोपत्रे गर्न सुरु गरिएको छ। उक्त सडक खण्डको ११ किलोमिटर कालोपत्र गर्न सुरु गरिएको हो।
सडकको चौडाइ सात मिटरको हुनेछ भने सडकमा ५ मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिने बताइएको छ।
३५ करोड १४ लाख ७४ हजार १ सय ९ रुपैयाँ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार ३ सय १६ रुपैयाँमा कालोपत्रको ठेक्का पाएको हो।