काठमाडौं। कार्गो लिएर आएको क्याथे प्यासिफिकको एयरबस ३३० जहाजमा प्राविधिक समस्या आएपछि पुनः हङकङ फर्किएको छ। जहाजमा प्राविधिक समस्या आएपछि पुनः हङकङ डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ।
यसैगरी डाइभर्ट भएको उक्त कार्गो उडान आज हुने नेपालका लागि जेनरल सेल्स एजेन्ट अमरावती ट्राभलले जानकारी दिएको छ। कम्पनीका सिइओका अनुसार क्याथे प्यासिफिकले साताको मंगलबार र शुक्रबार गरी दुईवटा कार्गो उडान गर्दै आएको छ।
साढे चार घण्टाको दुरी रहेको हङकङ–नेपाल उडान ७ डिसेम्बरबाट नियमित गर्ने योजना रहेको भएपनि सरकारले अफ्रिकाको सातवटा मुलुकसहित हङकङको वायुसेवा कम्पनीलाई उडान प्रतिवन्ध गरेसँगै रोकिएको उनले जानकारी दिएका छन्। सरकारले उडान खुला गरे साताको पाँचवटा नियमित उडान सुरु गर्ने योजना रहेको उनले बताएका छन्। यसैगरी यस अघि नेपाल उडान गर्दै आएको क्याथे ड्रागन बन्द भएपछि प्यासिफिकले उडान गर्दै आएको हो।