काठमाडौं। दिगो सिँचाइ प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हुने भएको छ। खाद्य सुरक्षा कायम गर्ने मूल ध्येयका साथ नवीकरणीय ऊर्जाको माध्यमबाट कृषि भूमिमा दिगो सिँचाइ प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना हुन लागेको हो।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइिपिसी) ले अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (इमी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँगको सहकार्यमा बैशाख १० गतेदेखि १४ गतेसम्म उक्त सम्मेलन गर्न लागेको हो ।
शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले यो सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको असर न्यूनीकरण गर्ने तथा उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने रहेको बताए ।