काठमाडौं। नेपाल उद्योग तथा व्यवसायी महासंघको संयोजकमा भागिरथ सापकोटा चयन भएका छन्। महासंघले महाधिवेशन आयोजक कमिटी घोषणा गर्दै संयोजकको जिम्मा सापकोटालाई दिइएको हो।
नेकपा एमालेको उद्योगी व्यवसायीहरुको भातृ संगठनका रुपमा रहेको महासंघमा सापकोटा यसअघि महासचिव थिए।
महासंघको महासचिवमा बालकृष्ण सिवाकोटी चयन भएका छन्। उनी यसअघि महासंघको उपाध्यक्ष थिए। कोषाध्यक्षमा डीमप्रकाश पौडेल चयन भएका छन्। उनी यसअघि महासंघका लेखा आयोग संयोजक थिए।
देशको बिग्रँदो अर्थतन्त्र सुधारका साथै उद्योगी व्यवसायीक समस्या समाधानका लागि पहल गर्न एमालले सापकोटाको संयोजकत्वमा उक्त आयोजक कमिटि गठन गरेको बताएको छ।
उनको संयोजकत्वमा २१ सदस्यीय सचिवलाय समेत गठन भएको छ भने महासंघको पाँचौं केन्द्रीय कमिटी बैंठकमा उपस्थित केन्द्रीय सदस्यलाई आयोजक समितिमा राखिएको छ।