काठमाडौं। सुपर आँखु खोला जलविद्युत आयोजनाको निर्माण शुरु भएको छ। धादिङको आँखु खोलामा संरचना रहने २५.४ मेगावाटको सुपर आँखु खोला जलविद्युत आयोजनाको निर्माण शुरु भएको हो।
आयोजना स्थलमा चाँडै बाँध क्षेत्रका संरचनाको काम शुरु गरिने बताइएको छ। प्रारम्भिक चरणका सबै काम सकिएकाले अब संरचना निर्माणको कामले गति लिने बताइएको छ।
ठेकेदार कम्पनीले आयोजना स्थलमा निर्माण उपकरण तथा सामाग्री पुर्याइसकेको छ। क्रसर स्थापना गरिसकेको छ।
आयोजनाको काम २०७८ जेठदेखि नै शुरु गने भनिएकोमा वन क्षेत्रको रुख कटानका सम्बन्धमा जिल्ला वन कार्यालयको स्वीकृति लिन समय लागेकाले ढिलो हुन पुगेको छ। जिल्ला वन कार्यालयबाट स्वीकृति लिने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको बताइएको छ।