काठमाडौं। प्रभु हेलिकप्टर लिमिटेड एक क्याप्टेन निलम्बनमा परेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानका दौरान अस्वीकार्य र अनधिकृत गतिविधि गरेको भन्दै क्याप्टेनलाई निलम्बन गरेको हो।
उनलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।