काठमाडौं। हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित आँगछे भुकम्पले क्षति पुर्याएको ६ वर्षपछि बल्ल शिलान्यास गरिएको छ। काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको सो ऐतिहासिक सम्पदाको शिलान्यास गरेका हुन। सो अवसरमा उनले बनाउन खोजेका केही सम्पदा स्थानीय विवादका कारण अगाडि बढ्न नसकेको बताएका छन्।
यसैगरी वडा नं २१ का वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले सेवा प्रवाह र पूर्वाधार निर्माणलाई समान महत्व दिएको जानकारी दिएका छन्। करिब रु १ करोड ५४ लाख लागत अनुमान गरिएको सो सम्पदा पुनःनिर्माणका लागि करिब रु १ करोड ५ लाख कबोल गरेर समद्री कन्स्ट्रसनले जिम्मा पाएको छ। हनुमान ढोका दरबार संरक्षण कार्यक्रमबाट कार्यान्वयन भएको पुनःनिर्माण कार्य २०७९ कात्तिक १० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने जनाइएको छ। यसैगरी सो आयोजनाको इञ्जिनियर अमित बज्राचार्यका अनुसार तीनतले भवनको हरेक तला करिब ६३० वर्गफुटको हुने जनाइएको छ।