तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको ठेक्का सम्झौताको म्याद सकिएको छ । आयोजनाको पूर्वी खण्डको ठेक्का सम्झौताको म्याद २०८१ साल वैशाख २ गते सकिएको हो।
ठेक्का सम्झौताको म्याद सकिए पनि निर्माण कार्य नसकिएकाले निर्माण अहिले म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।
२०७८ बैशाख महिनादेखि निर्माण सुरु गरिएको आयोजनाको कोरोनाका कारण काम गर्न नपाएका कारण म्याद थप गर्ने मन्त्रिपरिषद्को निर्णयअनुरुप म्याद थप्न लागिएको छ। यो खण्डमा हालसम्म १८ किलोमिटर ४ लेन र ९ किलोमिटर २ लेन सडक कालोपत्र भएको छ । हालसम्म पूर्वी खण्डमा ५६ प्रतिशत कार्य प्रगति भएको छ ।
पूर्वी खण्डको अन्तिम विन्दु तनहुँको म्याग्दे जामुनेदेखि दमौलीतर्फ कालोपत्र अघि बढाइएको छ । अहिले कालोपत्र कार्यलाई प्राथामिकता दिँदै आवश्यक स्थानमा पहाड काट्ने काम भइरहेको आयोजनाले जनाएको छ ।