धनकुटा। धनकुटा नगरपालिकाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ। विश्व बैंकको सहयोगमा उक्त सडक कालोपत्रे गर्न सुरु गरिएको हो।
उक्त सडकको एक कार्यक्रमका बीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलान्यास गरेका हुन्। सो सडक ३२ करोड ७२ लाख रुपैयाँ बराबर लागतमा करिब सात किलोमिटर कालोपत्रे हुने भएको छ।
शिलान्यास कार्यक्रममा बोल्दै मेयर तामाङले नगरपालिकाको दुर्गम क्षेत्र भनेर चिनिने भीरगाउँलाई अब सुगम बनाउन यो सडक कोसेढुंगा सावित हुने दाबी गरे ।
आशीष आशिर्वाद स्वामिनारायण जेभीले उक्त सडक कालोपत्रेको जिम्मा लिएको छ। तोकिएको समय अगावै सक्नेगरी काम गर्ने निर्माण कम्पनीले जनाएको छ।