झापा। झापाको भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक कालोपत्र भइरहेको छ। प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा सडक कालोपत्र गर्ने कार्य भइरहेको हो।
अहिलेसम्म यो सडक खण्डमा ५ किलोमिटर कालोपत्र भइसकेको छ अर्थात ४० प्रतिशत भौतिक प्रगति भइसकेको छ।
भ्याटसहित २६ करोड ६९ लाख ३३ हजार मा कनकाई मोती जेभीले सडक कालोपत्र गर्ने काम गरिरहेको हो।
२ महिनाभित्रमा सडक निर्माण पूरा गर्ने गरी तीव्र गतिमा काम भइरहेको निर्माण कम्पनीले जनाएको छ।