गुल्मी। गुल्मी जिल्लाको इस्मा गाउँपालिका–६ बुल्ममा एक घरको सोलार प्यानल पड्किँदा आगोलागी भएको छ। बुल्मका मोटे कुमालको घरमा जोडिएको सोलारको प्यानल पड्किएर आगोलागी भएको हो।
आगोलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, काठदाउरा, भाडाकुडा सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। आगलागीबाट एउटा बाख्रा पनि जलेको प्रहरीले जनाएको छ ।