जुम्ला। डोल्पाको जुफाल विमानस्थलको मर्मत सकिएपछि नियमित उडान सुरु भएको छ। विमानस्थलको धावनमार्ग मर्मत गरेर सकिएपछि जुफाल विमानस्थल नियमित सञ्चालनमा आएको हो।
जुफाल विमानस्थलका अनुसार आइतबार बिहान नेपालगन्जबाट तारा एयरको जहाजले उडान गरेपछि बन्द भएको ५३ दिनपछि विमानस्थलमा नियमित उडान भएको हो।
एक महिनामै मर्मत सकेर उडान गर्ने भनिए पनि विभिन्न कारणले मर्मतमा ढिलाइ भएपछि ५३ दिनमा सम्पन्न भएको बताइएको छ।। जुफाल विमानस्थलको धावनमार्ग ६ करोड लगानीमा गरिएको छ । ६ करोड लगानीमा १८५ मिटर धावनमार्ग मर्मत गरिएको छ।