चितवन। नारायणगढ–बुटवल सडकखण्को मर्मत सडकखण्डको काम सुरु भएको छ। नारायणगढ–बुटवल सडक आयोजनाका अनुसार दशैं नजीकिएसँगै मर्मतको काम सुरु गरिएको हो।
गैंडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव चार किलोमिटर खण्डलाई पूर्वी खण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८ दशमलव पाँच किलोमिटर खण्डलाई पश्चिम खण्ड बनाएर सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारको जिम्मा पाएको र सडक मर्मतको काम सुरु गरेको हो ।
पिच गरेको भाग सडक विस्तारका क्रममा धेरै स्थानमा भत्काईएकोले यातायात सञ्चालन गर्न समस्या भएको छ। ५० प्रतिशत भन्दा बढी काम पूर्वी क्षेत्रमा भइसक्नु पर्ने भएतापनि हाल सम्म आठ दशमलब पाँच प्रतिशत मात्र काम भएको छ।
१६ अर्ब भन्दा माथी लागत लागेको उक्त सडक एसयिाली विकास बैंकको सहयोगमा बिस्तार भईरहेको छ।