तनहुँ। तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडक कालोपत्र गर्न सुरु गरिएको छ। घिरिङ गाउँपालिका–४ मानपुरबाट नवलपुरको डेढगाउँको सिमानासम्म ११ किलोमिटर सडक कालोपत्र गर्न थालिएको हो।
पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र भइरहेको छ । उक्त सडक खण्ड यसै वर्ष कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सडकको चौडाइ सात मिटरको हुनेछ भने सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिने बताइएको छ।
२०५१ मा यो सडकको ट्रयाक खुलेको थियो । २०७७ मङ्सिर ५ गतेदेखि सडक स्तरोन्नतिका काम सुरु गरिएको थियो । ३५ करोड १४ लाख ७४ हजार १ सय ९ रुपैयाँ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार ३ सय १६ रुपैयाँमा कालोपत्रको ठेक्का पाएको थियो । ट्रयाक खुलेको तीन वर्षपछि सडक कालाेपत्र गर्न थालिएकाे छ।